ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरबाट नेकपाले गर्‍यो १९ जनालाई उम्मेदवार सिफारिस, को–को ?

बुधबार १६, पुष २०८२ १२:२७

धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुरबाट १९ जनाको नाम सिफारिस गरेको छ । तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको हो । 

निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री बिना मगर, जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्सालको नाम सिफारिस गरिएको छ । मगर पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डका बुहारी हुन् । 

निर्वाचन क्षेत्र नम्बर २ बाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी, माधवप्रसाद पन्त, लालबहादुर खड्का, हरिस ठकुल्ला र तोयराज जोशीको नाम उम्मेदवारको सूचीमा समावेश छ ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट पाँच जना नेता सिफारिसमा परेका छन् । जसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन् ।  
 

प्रतिक्रिया