धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिमका १० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । नेकपाले प्रदेशका पाँच जिल्लाबाट १० जनालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको हो ।
उक्त पार्टीबाट कञ्चनपुर र कैलालीका तीन–तीन, अछामका दुई तथा बाजुरा र डोटीबाट एक–एक जना समानुपातिक सूचीमा समावेश छन् ।
कैलालीबाट प्रेम बयक, कमला ज्ञवाली र गणेश बिक तथा कञ्चनपुरबाट निराशा चौधरी, बीरबहादुर बुढाथोकी र रामअवतार थारु रानाको नाम समानुपातिक सूचीमा छ ।
यस्तै, अछामबाट निर्मला साउँद, भीमबहादुर भण्डारी, बाजुराबाट विनिता बिक र डोटीबाट अञ्जिता श्रेष्ठको नाम पनि नेकपाको सूचीमा अटाएको छ । डडेल्धुरा, दार्चुला, बैतडी र बझाङबाट भने सूचीमा कोही पनि परेका छैनन् ।
प्रतिक्रिया