ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अदालतमा उपस्थित भइन् इन्सपेक्टर बिनु शाही

आइतबार ०७, पुष २०८१ ०२:०६

काठमाडौं । निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित भएकी छन् । आइतबार उनी ललितपुर जिल्ला अदालतमा हाजिर भएकी हुन् । अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित निरीक्षक शाही अदालतमा उपस्थित भएको पुष्टि गरेका छन् । 

उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस शुरु हुने पनि प्रवक्ता महतोले जानकारी दिए । प्रहरी प्रभाग भैँसेपाटीको इन्चार्ज हुँदा हनी ट्र्यापमा पारेर रकम असुली गरेको अभियोग उनीमाथि लागेको थियो । यस प्रकरणमा जिल्ला अदालत ललितपुरले ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

त्यस्तै प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा, सुस्मा विकलाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो । निलम्बित शाही र अर्का एकजना पुरूष भने फरार नै रहेका थिए । त्यसमध्ये शाहीले अदालतमा उपस्थित भएर बयान दिन थालेकी हुन् ।

उत्तः प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो । 

प्रतिक्रिया