ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा महिला मृत फेला, प्रहरी पक्राउ

शनिबार १०, माघ २०८२ १२:३६

डडेल्धुरा । डडेल्धुरा महिला मृत भेटिएको घटनामा प्रहरीले एक जना प्रहरी पक्राउ परेका छन् । अमरगढी नगरपालिका–४ बस्ने भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत भेटिएको घटनामा प्रहरीका सवारी चालक यज्ञ साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृत्युअघि गिरीले सामाजिक सञ्जालमा ती प्रहरीसँगको सम्बन्ध खुल्ने गरी पोष्ट गरेको आधारमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत साउदलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको हो । 

मृतकका श्रीमान् ९ बर्षदेखि वैदेशिक रोजगारीमा छन् । मृतक महिला र पक्राउ परेका साउदबीच अबैध सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । मृतक गिरीले सुसाइड नोटमा पीडादायी शब्दमा लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस, मरेर के गर्छस् गर भनिस....।’

उनले आफूसँग भएको पैसा र सुनसमेत उक्त प्रहरीले लगेको दाबी गर्दै छोराको भविष्यप्रति चिन्ता व्यक्त गरेकी छन् । ‘मसँग भएको पैसा सबै लगिस, आफ्नो घर बनाइस,’ नोटमा लेखिएको छ, ‘मैले दिएको त्यहीँ पन्ध्र लाख रुपैयाँ मेरो छोरालाई दिनु । कसैले पढाइ देलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु । तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु ।’

प्रतिक्रिया