धनगढी । कैलाली र कञ्चनपुरबाट पाँच लाख बढीको सामान बरामद गरिएको छ । कैलालीबाट तीन लाख ७६ र कञ्चनपुरबाट दुई लाख ६० हजार बढीको सामान बरामद गरिएको हो ।
कैलालीबाट प्याज, चिनी, मटर, तिलको तेल, सुर्ती, चक्लेट, कपडा, ट्याक्टरका विभिन्न पाटपुर्जा, सिद्रा माछा, किराना लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, कञ्चनपुरबाट पेय पदार्थ, सुर्ती, चुरोट, गुट्खा, कुरकुरे, माछा लगायतका सामान बरामद गरिएको हो । भन्सार छली भारतबाट सामान ल्याउने क्रममा बरामद गरिएको हो ।
प्रतिक्रिया