ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शुक्लाफाँटा क्षेत्रको हजार बिघा जमिन भारतले अतिक्रमण गरेको खनालको दाबी

बिहिबार ११, पुष २०८१ ११:०८

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

खनालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गा भारतीयहरूले कब्जा गरेको र नेपालतिरबाट सो क्षेत्रमा आवागमनको समेत समस्या भएको बताएका छन् ।

दक्षिणतिरबाट लगातार सो क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न सरकारले कुनै कदम नचालेको खनालको आरोप छ ।

प्रतिक्रिया