ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा खोप लगाएकै दिन शिशुको मृत्यु, आफन्त आन्दोलित

बिहिबार ११, पुष २०८१ ०२:४४

धनगढी । बैतडीमा दुई महिने शिशुको शंकास्पद मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् । जिल्लाको डिलासैनी गाउँपालिका– २ का मुकेश रानाका दुई महिने छोरा आदर्शको मृत्यु भएको हो । 

बुधबार दिउँसो सीमार बर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजान थालिएको थियो । बाटोमै शिशुको मृत्यु भएपछि आफन्त आन्दोलित भएका हुन् । स्थानीयहरुले घटनाको छानबिनको माग गर्दै सडक अवरुद्ध पारेका छन् । गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अवरुद्ध गरिएको हो । 

गलत खोपका कारणले बालकको मृत्यु भएको भन्दै स्थानीयले स्वास्थ्य कार्यालय बैतडीमा पनि जानकारी गराएका छन् । 

प्रतिक्रिया