बैतडी । बैतडीमा निस्सासिएर एकजनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए ।
उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा थारुलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक थारुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमै राखिएको छ ।
प्रतिक्रिया