काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । शाहको ९२ वर्षको उमेरमा आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको हो ।
सन् १९८८ मा उनी भारतका लागि नेपाली राजदूतमा नियुक्त भएकी थिइन् । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन् ।
अमेरिकाको कलेजबाट स्नातक गर्ने पनि उनी नै नेपालकी पहिलो महिला हुन् । उनले अमेरिकाकै जोन हप्किन्स विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन् ।
उनका पति डा. नारायणकेशरी शाहको यसअघि नै निधन भइसकेको छ । जेठा छोरा अनिलकेशरी शाह नेपालका चर्चित बैंकर हुन् ।
प्रतिक्रिया