धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले शैक्षिक जागरणको अभियान सुरु गरेको छ । अभियानअन्तर्गत पाठशालाले पुस १४ गते धनगढीमा जुगेडामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक सय २० थान न्यानो लुगा वितरण गरिएको थियो ।
यस्तै, दर्जा कोट मावि धिर्कामाण्डौँ डोटीलाई एक थान ल्यापटपसहित तीन सय थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराइएको पाठशालाका अध्यक्ष गणेश जोशी बताए ।
डोटीको बोगटान फुडसिल गाउँपालिका–१ सिमचौरस्थित सिमचौर माविका विद्यार्थीहरुलाई एक सय ८६ थान न्यानो लुगा विवरण गर्दै उप्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको छ । अध्यक्ष जोशीले शिक्षासँगै संस्कार पनि आजको समाजको आवश्यकता रहेको बताउँदै विद्यालय प्रशासन, अभिभावक, नागरिक समाज, स्थानीय सरकार, शिक्षक र विद्यार्थीसंगको साझेदारीले शैक्षिक क्षेत्रमा नवपर्वतन ल्याउन सकिने बताए ।
चैतन्यको शैक्षिक जागरण अभियानमा पाठशालाका अध्यक्ष जोशी, अभिभावक शिक्षक संघका अध्यक्ष इश्वर गिरी र चैतन्य पाठशालामा ब्राण्ड एम्बास्टर साइकल यात्री भरतविक्रम शाहको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया