डडेल्धुरा । डडेल्धुराको परशुराम धाममा धार्मिक बगैँचा बनाइने भएको छ । धार्मिक बगैँचा बनाउनकै लागि धाममा रुद्राक्षका बिरुवा रोपिएको छ ।
महाकाली नदी किनारको विशाल फाँटमा फैलिएको धाममा सुदूरपश्चिम प्रदेशकै धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोपण गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भरतबडायर जोशीले बताए ।
प्रदेशका ८८ वटै स्थानीय तहको एउटा रुद्राक्षको बिरुवा रोपिने उनले बताए । रुद्राक्षका दाना उत्पादन गरेर माला बिक्री गर्दै स्थानीयलाई व्यवसायसँग जोड्न योजना रहेको उनले सुनाए ।
धाम क्षेत्र करिब ८५ विघा क्षेत्रफलमा फैलिएको छ ।
प्रतिक्रिया