धनगढी । कैलालीमा चार लाख बढीको सामान बरामद गरिएको छ ।
भारतीय नाकाहरुबाट भन्सार छली ल्याएको चार लाख ११ हजार बढीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्लाको विभिन्न क्षेत्रबाट माबाइलका ग्लास, साडी, प्याज, चिनी, युरिया मल, बिडी, मोटरसाइकलको ब्याट्री र पानीपुरी बरामद गरिएको हो ।
प्रतिक्रिया