कैलाली । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले 'ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै भूगोल विशेष क्षेत्र, सम्प्रदाय तथा समुदायसँग जोडिएको संस्कृति परम्परालाई अपमानित गर्ने खालका गीतसङ्गीत प्रसारणमा रोक लगाउन सम्बन्धित निकायलाई माग गरेका हुन्।
उनले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा-संस्कृतिलाई होच्याउने खालका गीतसङ्गीतप्रति आपत्ति जनाउँदै संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीतसङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन्।
काली-कर्णालीको मौलिक सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूको खिल्ली उडाउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया