काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको ३३ वर्षको उमेरमा निधन भएको छ । प्रेस चौतारी नेपालको एसोसिएट प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहेका उनको गएराति उपचारको क्रममा निधन भएको हो ।
बेलकोटगढी –९ नुवाकोट स्थायी निवासी पुडासैनी नेपाल भ्यूज अनलाइनका उपसम्पादक थिए । उनले माउन्टेन टेलिभिजन, आजतक भारतीय टेलिभिजन, हिमालयन टाइम्स डेली, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका मिडियामा काम गरेका थिए ।
पत्रकार पुडासैनीको निधनप्रति पत्रकार महासंघ लगायत विभिन्न संघसस्थाले श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै उनको अकल्पनीय निधनले सङ्गठन तथा पत्रकार क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया