ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ऐन पारित भएपछि मुख्यमन्त्री र समिति सभापतिलाई सम्मान

शनिबार २०, पुष २०८१ ०४:५७

धनगढी । सुदूरपश्चिम निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न बनेको विधेयक र नियमावली पारित भएपछि मुख्यमन्त्री कमलबहादुर शाहलगायतलाई सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी युनियन प्रदेश समितिले मुख्यमन्त्री शाह, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट र प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेललाई धन्यवाद ज्ञापन गर्दै सम्मान गरेको हो ।

भदौमा सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको थियो । 
 

प्रतिक्रिया