ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
स्थानीय तहका जनप्रतिनिधिको आक्रोश

‘सुदूरपश्चिम’ नाम राख्ने पण्डित को होला ?

आइतबार २१, पुष २०८१ १०:३०

धनगढी । ‘हाम्रो प्रदेशको नाम सुदूरपश्चिम राख्ने पण्डित को होला ?, पहिला–पहिला हाम्रो गाउँघरतिर आइतबार जन्मेकालाई आइते, मंगलबार जन्मेकालाई मङ्गले, बुधबार जन्मेकालाई बुधे नाम राख्ने चलन थियो । सुदूरपश्चिमका बासिन्दाको परिचय सधैं सुदूर बनाइराख्न पाइन्न,’ बाजुराको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले भने, ‘काठमाण्डुकाले हेर्दा सुदूरपश्चिम सुदूर देख्छन् होला । तर हाम्रा लागि काठमाण्डु सुदूर हो ।’

स्थानीय सरकारका प्रमुखहरु र मुख्यमन्त्रीसहित प्रदेश सरकारका प्रतिनिधि, प्रदेश सभा सदस्यहरु उपसिथत अन्तरक्रियामा शनिबार स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकारको भूमिकाप्रति अनेक प्रश्नहरु उठाएका छन् ।

‘सरकार सञ्चालन तथा नेतृत्वको विकास’ विषयक प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकार, प्रदेश सरकार, प्रदेश सरकारका सचिवहरु र विषय विज्ञहरुबीच अन्तरक्रिया भएको हो । 

प्रदेशको नामाकरण सुदूरपश्चिम रहेकोप्रति सुरुदेखि नै चर्को आलोचन गर्दै आएका बुढीनन्दाका नगरप्रमुख बोहराले शनिबारको कार्यक्रममा पनि प्रदेश सभा, प्रदेश सरकारलाई नाम परिवर्तन गर्न आग्रह गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव पारित गरेको थियो ।  

नगर प्रमुख बोहराले उठाएको सवालमा मुख्यमन्त्री कमलबहादुर शाहले नामाकरणका सवालमा छलफल चलाउन सकिने बताएका छन् ।
 

प्रतिक्रिया