बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले ११७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकाका ११ ओटै वडाका ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मानका साथै न्यानो सामग्री वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लिला कुँवरले बताइन् ।
उनका अनुसार जेष्ठ नागरिकलाई सम्मान र न्यानो सामग्री वितरण कार्यक्रम अन्तगर्त पालिकाका ७४ महिला र ४३ पुरुष गरी ११७ जना जेष्ठ नागरिकलाई घरघरमै पुगेर सम्मानसहित न्यानो सामग्री वितरण गरिएको हो ।
जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति एक सिरक र थर्मस वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
प्रतिक्रिया