धनगढी । कैलालीको अत्तरियामा भन्सार छलीको सामान बरामद गरिएको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको टोलीले गोदावरी नगरपालिका-१ अत्तरियाको सडक किनारमा भारतबाट चोरी पैठारी गरी ल्याएको कपडाहरु बरामद गरेको हो ।
अन्दाजी १ लाख २५ हजार ५५० मूल्यका लुगा कपडाहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया