धनगढी । कैलालीको धनगढीमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका–६ बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।
‘आइतबार बेलुका कार्यालयमा आएर धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले जाहेरी दिएकी हुन्,’ डीएसपी बोहराले भने, ‘जाहेरीपछि चौधरीलाई धनगढीकै अदालत रोडबाट पक्राउ गरिएको छ ।’
डीएसपी बोहराका अनुसार ती किशोरीले वैशाख १५ गतेदेखि भदौं महिनासम्म पटकपटक बलात्कारमा परेको बताएकी छिन् । ‘युवकले आफूलाई धनगढीको जाखोर तालको जंगलमा लगेर वैशाख १५ गतेदेखि भदौंसम्म पटकपटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्,’ उनले भने ।
प्रतिक्रिया