ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको कृष्णपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

सोमबार २२, पुष २०८१ ११:२१

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भोलि (पुष २३ गते)देखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिकाको वडा नम्बर २ वाणीमा रहेको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुनेछ ।  

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख हेमराज ओझाले प्रतियोगितालाई भव्य र सभ्य बनाउन नगरका सरोकारवाला सबै जुटिरहेको बताए । उनले सङ्घीय सरकारको नियमित खेलकुद कार्यक्रमसँगै नगरले पनि खेलकुद क्षेत्रको विकासका लागि कार्यक्रमहरू अघि बढाइरहेको बताए । यो प्रतियोगिताले खेलकुद क्षेत्रबाट नयाँ खेलाडी उत्पादन गर्ने र युवा पुस्तालाई कुलतबाट जोगाउने उद्देश्य बोकेको उनले बताए ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । प्रतियोगितामा नगरभरिका २६ विद्यालयको सहभागिता रहनेछ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन हुने बताइएको छ ।

 

प्रतिक्रिया