बुटवल । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका–८ मरभुङ्ग रैथुम टोलकी २० वर्षीया बिमला राना कुमाल मृत भेटिएकी हुन् ।
बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितका अनुसार उनी तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी उनी सोही खाजा घरको कोठामा बस्ने गर्दथिन् ।
डिएसपी पण्डितले गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाइएको र थप अनुसन्धान भरहेको बताए ।
प्रतिक्रिया