धनगढी । गृह मन्त्रालयले कैलालीसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सोमबार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो ।
सोही क्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ । मिश्रकाे सुनसरी सरूवा भएपछि उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल आउने भएका छन् ।
उनी गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए । कैलालीमा सिडिओको जिम्मेवारी सम्हाल्न आउन लागेका हमालले यसअघि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए ।
इन्जिनियर हमाल यातायात व्यवस्था विभागको महानिर्देशक पनि भएका थिए । उनी ०७९ असोजदेखि ०८० भदौसम्म दैलेखको प्रमुख जिल्ला अधिकारी थिए । हमालसंग अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतको रुपमा काम गरेको पनि अनुभव छ ।
प्रतिक्रिया