काठमाडौँ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले चीन केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ ।
केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको र इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको जनाएको छ ।
कडा धक्का महसुस भएको जिल्लाका केही स्थानमा भवनहरु चर्किएको विवरण भने प्राप्त भएको केनद्रले जनाएको छ । मंगलबार बिहान चीनमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रतिक्रिया