धनगढी । डडेल्धुरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन् । अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेवि ऐर जलेर घाइते भएकी हुन् ।
सोमबार आफ्नै घरमा आगो तापिरहेका बेला उनले लगाएको कपडामा अचानक आगो सल्किँदा जलेर घाइते भएकी प्रहरीले बताएको छ । घाइते ऐरको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रतिक्रिया