धनगढी । डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको साढे दुई वर्षकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो ।
बमका अनुसार घर नजिकैको सिँचाइ पोखरीमा बालिकालाई डुबेर घाइते भएको अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । तर, चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया