काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । सहकारी ठगी प्रकरणमा फरार रहेकी उनी बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।
जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको र बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
मोरङको धनपालथान-४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।
प्रतिक्रिया