ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली-कञ्चनपुरमा अवैध सामान बेवारिसे फेला

बिहिबार २५, पुष २०८१ ११:०३

धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरमा अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । दुवै जिल्लाका विभिन्न स्थानमा चार लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो । 

बुधबार धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह, धनगढी-९ त्रिवेणीघाट, धनगढी-१२ भैसीघाट र टीकापुर नगरपालिका-४ मौरनियाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २७ हजार २ सय मूल्यको प्याज, चिनी, बेसन, सुर्ती, आलु, मटर, च्याउ, मसाला, कुकर, जुत्ता, सिद्रा माछा, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ । 

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्क र वडा नम्बर ६ ऐठपुरमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख २ हजार १५० मूल्यको सुटपिस, थान कपडा, कालो मरिच, फुटबल सुज लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ । 
 

प्रतिक्रिया