धनगढी । कैलालीमा ट्राफिक प्रहरीले गोरु गाडा (डल्लप)मा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको छ । सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालिएको हो ।
हिउँदको समयमा कुहिरोले भिजिबिलिटी कम हुँदा गोरु गाडालगायत सवारी साधनमा ठोक्किएर हुने सडक दुर्घटना बढेपछि जोखिम न्यूनीकरणका लागि सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको प्रहरीले बताएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने गरेको बताउँदै अभियानलाई गाउँ गाउँमा पुर्याइने बताए ।
प्रतिक्रिया