धनगढी । बझाङमा किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ । छबिसपाथिभेरा गाउँपालिका-१ बगडगाउँस्थित जनपृय माद्यमिक विद्यालय र जयपृथ्वी नगरपालिका-३ पडेशस्थित पाण्डु माद्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिइएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र सामाजिक विकास कार्यालय चैनपुर बझाङको संयुक्त आयोजनमा यही पुष २२ र २३ गते दुई दिने तालिम दिइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया