रौतहट । वृन्दावन नगरपालिका-४ स्थित क्रसर उद्योगमा टिपरले बालुवा झार्ने क्रममा ११ हजार भेल्टेजको हाईटेन्सन तारमा छुन पुग्दा करेन्ट लागेर टिपरमा आगलागी भएको छ ।
बिहीबार बिहान लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्न माथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाईटेन्सन तारमा छोएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
आगलागीबाट टिपर पूर्ण रूपमा जलेको छ । टिपर चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाइते भएका र उनको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए ।
घटना सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रतिक्रिया