ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा इलाका प्रशासनको माग गर्दै गृहमा अनसन बस्ने पूर्वमन्त्रीको चेतावनी

शुक्रबार २६, पुष २०८१ १२:४२

धनगढी । बाजुरा जिल्लाको उत्तर पूर्वी क्षेत्रमा इलाका प्रशासन स्थापना गर्न माग गरिएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री नरेश शाहीले इलाका प्रशासन कार्यालय स्थापनाको मागसहित गृहमन्त्री रमेश लेखकलाई ज्ञापन बुझाएका हुन् । 

उनले स्वामीकार्तिक खापर, हिमाली, जगन्नाथ र बुढीनन्दाका बासिन्दाले प्रशासनको सेवा लिनका लागि जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता रहेको बताउँदै माघभित्रै इलाका प्रशासन स्थापनाको प्रक्रिया अगाडि बढाउन अल्टिमेटम दिएका छन् । माघभित्र प्रक्रिया अगाडि नबढे गृह मन्त्रालयमा अनसन बस्ने पूर्वमन्त्री शाहीको चेतावनी छ । 

जिल्लाको उत्तर पूर्वी क्षेत्रका बासिन्दाले वर्षाैदेखि कोल्टीमा इलका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै आएका छन् । 

प्रतिक्रिया