ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा मार्तडी–कोल्टी बस सेवा सञ्चालन

शुक्रबार २६, पुष २०८१ ०४:५१

बाजुरा । बाजुरामा शुक्रबारबाट मार्तडी–कोल्टी बस सेवा सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गर्दै सदरमुकाम मार्तडीदेखि बुढीनन्दाको कोल्टीसम्म बस सेवा सञ्चालन भएको हो । 

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले लामो समयदेखिको पहलपछि मार्तडी कोल्टी बस सेवा सञ्चालन गर्न सफल भइएको बताए । उनले मार्तडीदेखि कोल्टीसम्म प्रतिव्यक्तिको एकतर्फी भाडा पाँच सय रुपैयाँ कायम गरेर महाकाली यातायातका बस सञ्चालन गरिएको जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अब जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकामसहित महेन्द्रनगर, धनगढी लगायतका ठाउँसम्म आवतजावत गर्न सहयोग पुग्ने बताए ।


 

प्रतिक्रिया