ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

शनिबार २७, पुष २०८१ ११:५६

काठमाडौँ । शनिबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रले बताएको छ ।

पुसमा लगातार भूकम्प गइरहेको छ । यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड र मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस १८ गते सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युड र १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया