ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली-कञ्चनपुरमा भन्सार छलीको सामान बेवारिसे फेला

शनिबार २७, पुष २०८१ ०१:४५

धनगढी । कैलाली र कञ्चनपुरमा भन्सार छलीको सामान बेवारिसे अवस्थामा फेला परेको छ । कैलालीमा ४० हजार ८०० मूल्य र कञ्चनपुरमा १ लाख ५१ हजार १५० मूलय बराबरको भन्सार छलीको सामान बेवारिसे अवस्थामा फेला परेको हो । 

शुक्रबार धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको ढोकाको होल्डिङ, झ्यालको होल्डिङ हुक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको बताएको छ । उकत सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ । 

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेला र पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको कपडा, प्लाष्टिक झिल्ली, युरिया मल, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया