ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका पूर्वमन्त्री देउवा र उत्तराखण्डका मुख्यमन्त्री धामीबीच भेट

शनिबार २७, पुष २०८१ ०२:४६

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबीच भेट भएको छ । भेटघाटका क्रममा सुदूूरपश्चिम प्रदेश सांसद समेत रहेका पूर्वमन्त्री देउवाले मुख्यमन्त्री धामीलाई नेपालको सीमा क्षेत्रका दुई प्रदेश बिचको धार्मिक पर्यटन विकास गर्न सहकार्यको प्रस्ताव गरेका छन् । 

मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएका समयमा भाजपा युवा मोर्चा उत्तराखण्डका मन्त्री शभम् चन्दको आग्रहमा देउवा र मुख्यमन्त्री धामीबीच भेटघाट भएको थियो । पूर्वमन्त्री देउवाले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि समेत निम्तो दिएका छन् । 

सुदूरपश्चिम र उत्तराखण्ड प्रदेशबीच कला, संस्कृति, भौगोलिकता र रहनसहन भोषभुषा समान रहेकोले पनि स्थानीयस्तरमै सहकार्य तथा सुमधुर सम्बन्ध राखेर जान देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेको बताए । उनले पर्यटन विकासका लागि प्रदेश तहमा सहकार्यको प्रयास गरिएको बताए । 

भेटका क्रममा मुख्यमन्त्री धामीले सुदूरपश्चिमका बारेमा आफू जानकार रहेको बताउँदै सम्बन्ध जोड्न इच्छा रहेको बताएका थिए । सीमावर्ती भारतीय क्षेत्रका पर्यटक भित्र्याउन सके सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।


 

प्रतिक्रिया