धनगढी । दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । व्याँस गाउँपालिका-२ दुम्लिङकी ३५ वर्षीया लक्ष्मी ठगुन्ना शनिबार चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।
उनलाई घर नजिकैको घट्टेखोलामा घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ । जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको सुई नहुँदा ठगुन्नालाई थप उपचारका लागि धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । ठगुन्नाको अवस्था भने सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया