धनगढी । अछाममा बँदेलको आक्रमणबाट एक किशोर घाइते भएका छन् । जिल्लाको साँफेबगर नगरपालिका-१२ खप्तडका १५ वर्षीय महेश कठायत बँदेलको आक्रमणबाट घाइते भएका हुन् ।
खप्तडस्थित गोठमा गोरुलाई घाँस हाल्न गइरहेका उनलाई शुक्रबार राति बँदेलले आक्रमण गरेको प्रहरीले बताएको छ । घाइते कठायतको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रतिक्रिया