ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

आइतबार २८, पुष २०८१ ०२:१०

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो । 

आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको छ । सातै प्रदेशका लागि नेपाली विषयमा ५१ जनाको लागि आवेदन माग गरिएको छ । त्यस्तै अंग्रेजी ८४, गणित ७५, विज्ञान ८४, सामाजिक ५२, अर्थशास्त्र ३, शुक्लयजुर्वेद २, कार्यालय सञ्चालन तथा लेखा १०, संस्कृत व्याकरण २, संस्कृत भाषा १, शिक्षा शिक्षण १, सिद्धान्त ज्योतिष १, स्वास्थ्य तथा शारीरिक शिक्षा १ र फलित ज्योतिषका लागि १ जना माग गरेको छ । 

न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूबाट पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https.online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट डाउनलोड/सूचना/विज्ञापनबाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सकिनेछ । तर, वहालवाला स्थायी शिक्षकको हकमा भने उमेर हद नलाग्ने आयोगले जनाएको छ । 


 

प्रतिक्रिया