धनगढी । कैलालीमा भन्सार छलिको सामान बरामद गरिएको छ । आइतबार बिहान गोदावरी नगरपालिका-४ वनदेवीबाट भन्सार छलीका ९७ हजार ८०० मूल्य बराबरको सामानहरू बरामद गरेको हो ।
उक्त मूल्यको भन्सार छलीको कपडा मेक्सि र प्लाजु बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कैलाली पठाएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।
प्रतिक्रिया