ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामका पूर्वमन्त्री शाहलाई पितृशोक

आइतबार २८, पुष २०८१ ०४:०६

काठमाडौँ । पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहलाई पितृशोक परेको छ । उनका पिता जगतबहादुर शाहको शनिबार एकसय वर्षको उमेरमा निधन भएको हो । 

कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहले कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलाशखोला पश्चिमको सिमाना अछाममै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेका थिए । 

स्वर्गीय शाहका एक श्रीमती, पाँच छोरा र पाँच छोरी छन् । उनका छोरा गोविन्दबहादुर शाह अछामको पूर्वसांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् भने अर्का छोरा राजेन्द्रबहादुर शाह उद्योगव्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामका सचिव हुन् । जेठो छोरा मोहनबहादुर शाह अवकाश प्राप्त राष्ट्रसेवक हुन् । 

१९८१ साल असोज दसैँ टीकाको दिन अछामको रिडिकोट (हाल साफेबगर नगरपालिका-७) जन्मिएका शाह बूढानीलकण्ठमा छोराहरुसँग बस्दै आएका थिए । 


 

प्रतिक्रिया