ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको बेलौरीमा माघ ३ गतेसम्म बिदा

आइतबार २८, पुष २०८१ ०४:४६

धनगढी । कञ्चनपुरको बेलौरीमा माघ ३ गतेसम्म बिदा दिइएको छ । नगरपालिकाले आइतबार शुभकामना सन्देशसहितको सूचना जारी गर्दै माघ २ र ३ गते स्थानीय बिदा दिइएको जनाएको हो । 

माघ माघे संक्रान्ति पर्वको उपलक्ष्यमा माघ २ र ३ गते बेलौरी नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

पुस २९ गते  सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ । सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिँदै आएको छ ।

May be an image of text

प्रतिक्रिया