एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’लाई बङ्गलादेशमा प्रतिबन्धित गरिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई रिलिजको दुई दिनअघि बंगलादेशले प्रतिबन्ध लगाएको छ ।
भारत र बंगलादेशबीच जारी तनावपूर्ण अवस्थाका कारण यो निर्णय लिइएको हो । इमर्जेन्सी १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा लगाएको आपतकालमा आधारित छ ।
बङ्गलादेशमा इमर्जेन्सीको प्रदर्शन रोक्ने निर्णय भारत र बङ्गलादेश बिचको वर्तमान तनावपूर्ण सम्बन्धसँग जोडिएको आईएएनएसले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ । यो प्रतिबन्ध फिल्मको विषयवस्तुको कारणले कम र दुई देशबिच जारी राजनीतिक तनावका कारणले बढी आएको हो ।
इमर्जेन्सीले १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धमा भारतीय सेना र इन्दिरा गान्धीको सरकारको भूमिका र बङ्गलादेशका पिता भनेर चिनिने शेख मुजीबुर रहमानलाई दिइएको समर्थनलाई चित्रण गर्दछ । फिल्ममा बङ्गलादेशी अतिवादीहरूको हातबाट मुजिबुरहमानको हत्यालाई पनि देखाएको छ । यसका कारण बङ्गलादेशमा फिल्म प्रतिबन्धित गरिएको छ ।
प्रतिक्रिया