धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रहरीले एक महिनामै ५ सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालउले मंसिर महिनाको प्रगती विवरण सार्वजनिक गर्दै एक महिनामा ५ सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले फैसाला कार्यान्वयनको क्रममा ५ सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए । रानाले मंसिर महिनामा विभिन्न कसुरमा २५६ वटा मुद्दा दर्ता गरेकोमा चालु मुद्दाका २१४ प्रतिवादीलाई पनि पक्राउ गरिएको जानकारी दिए । ‘सार्वजनिक चासोमा रहेका दुई हजार ५३८ पेण्डिंग मुद्दाहरुमध्ये ११४ मुद्दा फछ्यौट गरिएको छ,’ डीआईजी रानाले भने ।
मंसिर महिनामा प्रदेशभर एक सय ५५ जना हराएकोमा खोजतलासको क्रममा ९० जना फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रदेश प्रहरीले जनाएको छ । यस्तै, प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुले लागुऔषधतर्फ एक किलो २३९ ग्राम गाँजा, २७ किलो ५८१ ग्राम चरेश र ११८ ग्राम ४३८ मिलिग्राम खैरो हिरोइन बरामद गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ‘लागुऔषधका ५६ मुद्दा चलाइएकोमा ८८ जनालाई पक्राउ गरिएको छ,’ रानाले भने । यस्तै मंसिर महिनामा सुदूरपश्चिम प्रदेशभर एक हजार १२२ पटक विभिन्न समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामुलक कार्यक्रम गरेको प्रदेश प्रहरीले जनाएको छ ।
एक महिनाको अवधिमा प्रदेशभर एक सय ३० वटा सवारी दुर्घटना भएको पनि विवरण सार्वजनिक गरिएको छ । दुर्घटनाबाट १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा मंसिर महिनामा ३१ वटा आत्महत्या भएको पनि प्रदेश प्रहरीले जनाएको छ ।
प्रतिक्रिया