धनगढी । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गरी सूची दर्ता गराएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार राति साढे ११ बजेपछि ११० जनाको नाम आयोगमा बुझाएका हुन् । स्रोतका अनुसार आयोगसँगको प्राविधिक प्रक्रियाका कारण सूची बुझाउन ढिलाइ भएको हो ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउने समय दिएको थियो। कांग्रेसले यसपटक २०६४ सालदेखि समानुपातिक सांसद भइसकेकालाई बन्दसूचीमा समावेश गरेको छैन ।
प्रदेशगत रूपमा कोसीबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार समावेश गरिएको छ ।
प्रतिक्रिया