ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट एमालेको समानुपातिक सूचीमा अटाए १० जना, को–को ?

बुधबार १६, पुष २०८२ ११:११

धनगढी । सुदूरपश्चिमबाट नेकपा एमालेको समानुपातिक बन्दसूचीमा १० जना अटाएका छन् ।

एमालेले प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिम प्रदेशका १० जनालाई समावेश गरेको हो । 

एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार समानुपातिक सूचीमा कैलालीबाट लीला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे परेका छन् ।

यस्तै, कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवाल परेका छन् ।
 

प्रतिक्रिया