एजेन्सी । राम चरणको आगामी फिल्म ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रमपछि अभिनेताका दुई जना फ्यानको मृत्यु भएको छ । शनिबार राति राजमुन्द्रीमा ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रममा सहभागी भई मोटरसाइकलमा घर फर्कँदै गर्दा दुर्घटनामा परी २३ वर्षीय अर्वा मणिकान्टा र २२ वर्षका ठोकडा चरणको ज्यान गएको बताइएको छ ।
यस विषयमा रंगमपेटा प्रहरीले मामिला दर्ता गरेको छ । उक्त कार्यक्रममा रामचरण र आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण पनि उपस्थित थिए । ‘गेम चेन्जर’का निर्माताले घटनामा ज्यान गुमाएकाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
फिल्मका निर्माता दिल राजुले दुर्घटनामा मृत्यु भएका दुवै युवाका परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहायता दिने र हर प्रकारले सहयोग गर्ने आश्वासन दिएका छन् । पवन कल्याणले पनि मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया