ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भजहर कपः नेपाल पुलिस र कर्मचारी ग्रुप विजयी

शुक्रबार १९, बैशाख २०८२ ०१:३३

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भइरहेको निसर्ग हस्पिटल पाँचाै भजहर कप फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुप विजयी भएका छन् ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदै आएको भजहर कपको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढी र दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढी जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

जनहित युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढीले जाखौर बाबा युवा क्लब मनेहरालाई हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । पुलिसले जाखौर बाबालाई ३–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

यस्तै दोस्रो दिन भएको दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढीले भुमी युवा क्लब बनकटटालाई हराएर क्वाटरफाइनल पुगेको छ । कर्मचारी ग्रुपले भुमी युवा क्लबलाई ३–१ ले हराएर अघिल्लो चरणमा पुगेको हो ।

वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ । 

प्रतिक्रिया