ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
आशाको सञ्चार

बडीमालिकालाई समृद्धिको आधार देखेको त्रिवेणी नगरपालिका

बुधबार ३१, बैशाख २०८२ ११:१३

धनगढी । मानव विकास सूचकाङ्कमा प्राय पुछारमा रहने बाजुरा जिल्लाका अन्य पाटाहरु छाँयामा छन् । बाजुरा जति विकट छ, त्यति नै सम्भावना बोकेको क्षेत्र पनि हो । जिल्ला सदरमुकाम मार्तडीदेखि दक्षिणतर्फ छ, त्रिवेणी नगरपालिका । जसको नामाकरण नै धार्मीक पर्यटकीयस्थल त्रिवेणीको नामबाट गरिएको छ । 

त्रिवेणी नगरपालिकामा स्वर्गीय आनन्द दिनसक्ने बडीमालिका मन्दिर छ । बडीमालिका मन्दिरको भण्डार गृह, नाटेश्वरी मन्दिर, मौरे क्षेत्र, छतारा माईको मन्दिर, शैमाण्डौ, मष्टा देवताका मन्दिर र कैलाश देवताका मन्दिर छन् । किम्नी झरना, धवलपुरी दह र त्रिवेणी पाटनले त्रिवेणी नगरपालिकाको मनमोहकलाई अझै बढाइदिएको छ । 

राज्य पुर्नसंरचनाको क्रममा साविकका छतारा, तोली र कैलाशमाण्डौ गाविस मिलेर बनेको त्रिवेणी नगरपालिका अहिले पर्यटनबाटै समृद्धि खोजिरहेको छ । त्यसमा पनि बडीमालिकालाई समृद्धिको आधार देखेको छ, त्रिवेणी नगरपालिकाले । 

सुदूरपश्चिमको प्रसिद्ध तीर्थस्थल हो, बडीमालिका । किंवदन्तीअनुसार महादेवकी पत्नी सतीदेवीको बायाँ कुम बडीमालिकामा पतन भएको मानिन्छ । बडीमालिकालाई बहिनी र नाटेश्वरीलाई दिदी भएको जनविश्वास रहिआएको छ ।

पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले गरेका कामले पछिल्लो समय धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरुले पर्यटकहरूको ध्यान आकर्षित गर्न लागेको पनि छ । 

त्रिवेणी नगरपालिकाका मेयर कर्णबहादुर थापाका अनुसार ०८१ कात्तिक १ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नाटेश्वरी मन्दिरको उद्घाटन गरिएको छ । त्रिवेणी नगरपालिका–७ मा बनेको नाटेश्वरी मन्दिरको ०७८ सालमा निर्माण थालिएको थियो । मेयर थापाका अनुसार नाटेश्वरी मन्दिरमा पूर्वाधार विकासका लागि १४ करोड रुपैयाँको लागत अनुमानसहित डीपीआर तयार गरिएको थियो । 

blog

त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापा

अहिले नगरपालिकाले पर्यटन मन्त्रालयको सहयोगमा छ करोड रुपैंयाँको लगानीमा नाटेश्वरीमा आकर्षक संरचनाहरु निर्माण गरेको मेयर थापाले बताए । मन्दिरबाहेक धर्मशाला, खानेपानीका धारा, फनपार्क, मन्दिरसम्म पुग्ने सिंढी, ठाउँ—ठाउँमा गेट र बलि चढाउने ठाउको निमार्ण गरिएको छ । नाटेश्वरीमा संरचना थपिएपछि पर्यटकलाई सहजता भएको छ भने पर्यटकको संख्यामा पनि वृद्वि भएको छ । 

नाटेश्वरी मन्दिर

‘त्रिवेणी नगरपालिका– ७ नाटेश्वरीदेखी बडीमालिकासम्म पर्यटकीय पदमार्ग निर्माणाको कार्य पनि जारी छ,’ मेयर थापाले भने, ‘नगरपालिकाको दिर्घकालिन मुख्य आर्थिक समृद्धिको आधार भनेको नै बडीमालिका हो । सोही कारण आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि स्थानीय खाद्य तथा उपभोग बस्तुको उत्पादनमा पनि जोड दिएका छौं ।’ बडीमालिका र नाटेश्वरीमा वार्षिक ४० देखि ५० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित काम भइरहेको मेयर थापाले बताए । 

त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिन्जिवीप्रसाद शाहका अनुसार सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा पनि पर्यटन पूर्वाधार निर्माणको कार्य जारी छ । नेपाली सेनाले बडीमालिका मूल मन्दिरको निर्माण कार्य गरिरहेको छ ।

प्रतिक्रिया