धनगढी । कैलालीको धनगढीमा बाँझोपन निवारणका लागि स्वास्थ्य शिविर आयोजना गरिएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा भएको शिविरमा १८० जनाले सेवा पाएका छन् ।
धनगढी उपमहानगरपालिका र प्यासिफिक आइभिएफ सेन्टर ललितपुरको समन्वयमा जेठ २३ गतेदेखि २५ गतेसम्म निशुल्क शिविर गरिएको थियो ।
सो शिविरमा निःशुल्क वीर्य परीक्षण, ट्रान्सभजाइनल सोनोग्राफी गरिनुका साथै बाँझोपनको उपयुक्त उपचारको बिधिबारे जानकारी र परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख जगदीश अवस्थीले बताए ।
प्रतिक्रिया