ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विश्वकप लिग-२: नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

मङ्गलबार २७, जेठ २०८२ ०३:३६

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हारेको छ । 

स्कटल्यान्डको डुन्डेमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले सुरुमा ब्याटिङको निम्तो पाएको हो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।  सोमपाल कामी र गुल्सन झाले चोटका नेदरल्यान्ड्सविरुद्धको खेल गुमाएका छन् । उनीहरूको स्थानमा बसिर अहमद र नन्दन यादवलाई टिममा राखिएको छ ।  

ओपनर आसिफ शेखको स्थानमा अनिल कुमार साहलाई टिममा राखिएको छ ।

प्रतिक्रिया